१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

सर्लाहीको धनकौलमा गोली चल्यो, मतदान स्थगित

सर्लाहीको धनकौल गाउँपालिकामा गोली चलेको छ। धनकौल गाउँपालिकाको  पशु सेवा केन्द्र मतदान स्थलमा नेका र एमालेबीच मतदान प्रतिनिधिको विषयमा विवाद उत्कर्षमा पुगेपछि झडप भएको छ।  

झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही अश्रुसेल र छ राउन्ड हवाई फायर गरेको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेपछि दुवैतर्फका मतदान प्रतिनिधि तथा मतदाताहरु पनि फरार भएका छन्।

केही बेरदेखि मतदान स्थगित रहेको र व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रवीण पोखरेलले बताएका छन्। अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: ३० वैशाख २०७९ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App