२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

वीरेन्द्रनगरको मुख्य बजार जलमग्न

वीरेन्द्रनगरस्थित मुख्य चौकहरु वर्षातका कारण जलमग्न भएका छन्। आधार घण्टा लगातार परेको पानीले जुम्ला रोड, खोर्केखोला लाइनदेखि वीरेन्द्रनगर चौक, खजुरा लगायतका मुख्य बजारहरु जलमग्न भएका हुन्।

सडक पानीले भरिएपछि हिड्दुल गर्न कठिन भएको थियो। सडकको नाला व्यवस्थित नहुँदा सडक नै जलमग्न भएको हो। पानीले सडक ढाकेपछि व्यवसायीहरुमा असर परेको छ। सडकमा पानी जमेका कारण व्यवसायीहरुलाई असर गरेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमण कँडेलले बताए।

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमै खोला बग्न थालेपछि स्थानीयहरु चिन्तित भएका छन्। ठूलो पानी पर्दा जोखिम बढी हुने भएकाले व्यवस्थित नाली गराउनुपर्ने माग स्थानीयहरुले राखेका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर समेत जलमग्न भएपछि सहरी योजनामा ढल निकाश गर्ने कार्य प्रभावकारी नभएको गुनासो स्थानीयहरुको छ।

प्रकाशित: २९ वैशाख २०७९ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App