१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

डोटीमा बस दुर्घटनाः ३० जना घाइते

कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। मालिका यातायातको सु प प्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान ५ः ४५ बजेको समयमा डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा दुर्घटना भएको जिल्ला ट्राफीक प्रहरी कार्यालय डोटीले जनाएको छ।

बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी ल्याइदै गरेको प्रहरीले जनाएको छ। घटनास्थलमा थप उद्घारका लागि स्थानीय खटिएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०७९ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App