१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘देश जोगाउने पार्टीलाई मत दिन गाउँं जान लागेका हौं’

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीमा एक हुल झुण्ड मानिस बुधबार बिहान गाउँं जान गाडी कुरिरहेका थिए। वैशाख ३० गते शुक्रबार हुने स्थानीय निकाय निर्वाचन २०७९ मा भोट खसाल्न उनीहरु गाउँं जाने तयारीमा थिए।

उनीहरुमध्ये आफूलाई सचेत मतदाता बताउने राजन तामाङले वैशाख ३० गते हुने निर्वाचनमा मत हाल्नकै लागि आफ्नै खर्चमा गाउँं जान लागेको बताए। ‘म अरु जस्तै लोभीपापी होइन, मेरै खर्चले देश जोगाउने उम्मेदवारलाई मत हाल्न गाउँं जान लागेको हुँं, उनले नागरिकसँंग भने, ‘किनकि म एकजना शिक्षित अनि सचेत मतदाता हुँं।’

आफूले मत हाल्ने व्यक्ति हार्ने भए पनि आफनो मत उनैलाई जाने उनले बताए। राजन जस्तै गाउँं जानका लागि बुधबार राजमार्ग अन्तर्गत जगातीमा बस्नेहरु दिनभर भेटिए। उनीहरु आआफ्नो गाउँंघरमा पुगेर मतदानमा सहभागी हुन आ-आफ्नो गाउँं ठाउँं जान लागेका थिए।

नयाँं उमंग बोकेर मत खसाल्नका लागि काठमाडौं उपत्यकाको पूर्वी नाका भक्तपुरको जगातीबाट बुधबार मात्रै नौ सय दुई वटा सवारी साधनहरुबाट १७ हजार ६९ यात्रु बाहिरिएको ट्राफिक प्रहरी परिसर सल्लाघारी भक्तपुरले जनाएको छ।

अरनिको राजमार्ग प्रयोग गरेर जिल्लाका विभिन्न ठाउँंहरुमा डेरा गरी बस्ने मतदाताहरु राजमार्ग अन्तर्गत जगाती हुँंदै बसबाट बाहिरिएका हुन्। आआफ्नो घर जानका लागि मतदातहरु बुधबार विहानदेखि ठाउँं-ठाउँंमा हुल बाँधेर बसेको देखिएका थिए। उनीहरु गाडी चढेर आआफ्नो घरतिर लागेका थिए।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरबाट मुलुकका पूर्वी जिल्लाहरुमा जान सकिन्छ। अरनिको राजमार्ग अन्तर्गत बनेपा वर्दिवासको सडक जोडिएको हुनाले यहाँंबाट पूर्वी जिल्लाहरु जान सकिन्छ। विशेष गरेर नजिकैका जिल्लाका रुपमा रहेका काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीलगायतका जिल्लाबासीहरु यहाँंबाट गाडी चढेर आ-आफ्नो घर जाने गरेका हुन्।

उनीहरुमध्ये धेरैलाई भने राजनीतिक दलहरुले नै गाडीको व्यवस्था गरिदिएको देखिएको छ। आफैं पैसा हालेर जानेहरु एक्लाएक्लै जस्तो देखिएका छन् भने दलहरुले व्यवस्था गरेको गाडीमा जान झुण्डझुण्ड गाडी कुरिहरको भेटिए। झण्डा फहराइका गाडीहरु पठाएर दलहरुले आआफ्ना मतदाताहरुलाई लगेका थिए।

विशेष गरेर कांग्रेस र एमालेका चुनाव चिन्हका झण्डा फहराइएका गाडीहरु बढी देखिएका थिए। आआफ्नो गाउँंमा आउने आआफ्ना मतदाताहरुलाई सम्पर्क गरी सबैलाई समूहमा मिलाई गाडीको व्यवस्था गरिएको जनाइएको छ। सिन्धुली जान बस कुहिरहेको बताउने रोजन तामाङले आफूहरु सबैजना पार्टीले व्यवस्था गरिदिएको गाडीबाट गाउँं जान लागेको बताए।

भक्तपुरका विभिन्न ठाउँंमा रहेका गाउँंलेहरुलाई सम्पर्क गरी सवैजना एउटै गाडीमा जान लागेको जानकारी उनले गराए। ट्राफिक प्रहरी परिसर सल्लाघारी भक्तपुरका प्रमुख प्रहरी निरीक्षक राजु कार्कीले दसैमा जस्तै मतदाताहरु भक्तपुर छाडेको पाइएको जनाए।

‘यही कारण हामी दिनभर सबैजना सडक व्यवस्थापनमा खटियौं, उनले नागरिकसंग भने, ‘बिहीबार पनि यस्तै हुने सोचेर त्यही अनुसार टाफिक व्यवस्थापन गर्ने तयारी गरेका छौं।’ पूर्वका साथै पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा जाने मतदाताहरु पनि भक्तपुरबाट काठमाडौं हुँंदै आआफ्नो गाउँठाउँंमा गएका छन्।

विशेष गरेर यहाँंका भक्तपुर, सूर्यविनायक, मध्यपुर थिमि, चाँंगुनारायण नगरपालिकामा डेरा गरी वस्ने मानिसहरु घर गएका हुन्। रोजीरोटीको लागि यता आएर वसेका उनीहरु चुनावकै लागि गाउँंठाउँं गएका हुन्। मत हाल्नका लागि गाउँंठाउँं जाने क्रम बिहीबार पनि यसरी नै हुने अनुमान छ। यसपालिको स्थानीय निकायको निर्वाचन वैशाख ३० गते शुक्रबार हुँदैछ।

मतदान बिहान सात बजेदेखि साँंझ पाँंच बजेसम्म हुनेछ। यस्तै काठमाडौं उपत्यकाको पूर्वी नाका भक्तपुरको जगातीबाट बुधबार मात्रै नौ सय दुई वटा सवारीसाधनहरुबाट १७ हजार ६९ यात्रु बाहिरिएको ट्राफिक प्रहरी परिसर सल्लाघारी भक्तपुरले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०७९ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App