१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

विद्यालयहरुमा सातामा दुई दिन बिदा

सरकारले सबै विद्यालयमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।  

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जेठ १ गतेदेखि नै लागु हुने गरी सबै किसिमका विद्यालयमा दुई दिन विदा दिने निर्णय भएको जानकारी दिए। निर्णय बुधबार नै भएको हो।

शर्माले हिँउदे, बर्षे र पर्व बिदा कटौती गरी सातामा दुई दिन बिदा दिने मन्त्रिस्तरिय निर्णय भएको जानकारी दिएका हुन। शुक्रबार भने पुरा दिन पढाई हुनेछ। बार्षिक रुपमा दिदै आइएको सबै किसिमका ५० दिने बिदा घटाएर २५ दिन मात्र दिन पाइने निर्णय भएको उनले बताए। 

सरकारले यसअघि परिक्षणका रुपमा जेठ १ गतेदेखि शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको थियो । यो निर्णयप्रति नीजि विद्यालयहरुले असहमती जनाइरहेका थिए। 

प्रकाशित: २८ वैशाख २०७९ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App