१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

अपरिचित व्यक्तिले दिएको नखान नेपाल प्रहरीको आग्रह

अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान नेपाल प्रहरीले अनुरोध गरेको छ।  

स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरीले त्यस्ता व्यक्तिले दिएको प्रसाद नखान अनुरोध गरेको हो।  

प्रहरीले हिजाे सार्वजनिक सूचना जारी गरी निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना प्राप्त भएमा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ। रासस

प्रकाशित: २६ वैशाख २०७९ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App