४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीद्वारा काठ बरामद

रक्तकाली गण सुर्खेतबाट निर्वाचन सुरक्षामा खटिएका सशस्त्र प्रहरीले बरामद गरेको काठ। तस्बिरः गोविन्द/नागरिक

सुर्खेतमा सशस्त्र प्रहरीले काठ बरामद गरेको छ। निर्वाचन केन्द्रित सुरक्षा गस्तीमा हिँडेको रक्तकाली गणबाट गस्तीमा खटिएका सशस्त्र प्रहरीले काठ बरामद गरेका हुन्।  

वीरेन्द्रनगर नगरपालिका–२ स्थित रानीघाट नजिकबाट प्रहरीले काठ बरामद गरेको हो। निर्वाचन सुरक्षा गस्तीमा खटिएका प्रहरी देखेपछि काठ तस्कर भागेका थिए। प्रहरी निरीक्षक सुजल भण्डारीको नेतृत्वमा खटिएको टोलीले काठ बरामद गरेको जनाइएको छ।  

काठ भेरी नदी वारपार गर्न रवरको टिउ पनि राखीएको अवस्थामा प्रहरीले काठ बरामद गरेको हो। प्रहरीले ३७ थान सालको चिरान काठ बरामद गरेको जनाईएको छ। बरामद काठ शुक्रबार दिउँसो जिल्ला वन कार्यालय वीरेन्द्रनगरमा बुझाएको हो। निर्वाचन सुरक्षा गस्तीमा खटिएका सशस्त्र प्रहरीले रानीघाट क्षेत्रबाट काठ बरामद गरि जिल्ला वन कार्यालय सुर्खेतलाई बुझाएको रक्तकाली गण सुर्खेतका गणपती (एसपी) विमल डाँगीले बताए।

प्रकाशित: २३ वैशाख २०७९ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App