१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सरकारले कार्यक्षमताको आधारमा सिंहलाई नियुक्त गरेको होः पाण्डे

गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा  सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन्।

सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशष्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दज्र्यानी चिन्ह प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताएका हुन्। उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भएपनि प्रचलित कानून प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै महानिरीक्षकमा बढुवा गरिएको बताए।

सचिव पाण्डेले एआईजीहरुमा सिंहमा सबै कार्यकुशलता देखेर नै निर्णय गरेको बताए। उनले सबै एआईजीहरु २०४९ साल चैत्र १२ गतेको नियुक्ति भएकोले उनीहरुबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको स्पष्ट पारे।

सचिव पाण्डेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको अहिलेको जनशक्तिले आवश्यक्तालाई धान्न नसक्ने बताए। उनले अहिलेको आवश्यक्ता धान्न १ लाख नेपाल प्रहरी र न्यूनतम ५० हजार सशस्त्र प्रहरीको आवश्यक्ता रहेको बताए।

गृह सचिव पाण्डेले आन्तरिक रुपमा रहेका विकृति र विसंगतिलाई हटाउनु दुबै प्रहरी बलका लागि चुनौति रहेको बताए। उनले विगतमा भोगेका भन्दा नविन ढाँचाका अपराधका प्रकृतिहरु विकास भइरहेकोले तिनको नियन्त्रण र त्यस्ता चुनौतीहरुको सामना गर्न सक्षम प्रहरी संगठनको निर्माण गर्नुपर्ने बताए। 

प्रकाशित: १९ वैशाख २०७९ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App