३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा आइतबार साँझमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।  

मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१६ का २९ वर्षीय रुपक श्रेष्ठको दुर्घटनामा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए। पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४९ प ८९७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।  

गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पुर्‍याउनसाथ राति नै चिकित्सकले मृत घोषित गरेका ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै प्रहरीले ट्रक र चालक खोटाङ घर भएका ४४ वर्षीय रविनकुमार राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: १९ वैशाख २०७९ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App