निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिता भित्र रही आफ्नो प्रचारप्रसारका लागि प्रयोग गरिने सामाजिक सञ्जालको विवरण निर्वाचन आयोग र निर्वाचन अधिकृतको कार्यालयमा अनिवार्य बुझाउन निर्देशन दिएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारको अन्तिम सूची प्रकाशन भएको २४ घण्टा भित्र राजनीतिक दलको हकमा निर्वाचन आयोग र उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सामाजिक सञ्जालको विवरण अनिवार्य रुपमा बुझाउन निर्देशन दिएको जानकारी दिए।
उनले सामाजिक सञ्जाल उपयोग सम्बन्धि नीतिलाई अनुगमन गर्ने जिम्मेवारी नेपाल प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई दिइएको जानकारी दिए।
प्रकाशित: १८ वैशाख २०७९ १२:२१ आइतबार