९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

लागूऔषधसहित सर्लाहीमा चारजना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित सर्लाही प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको विभिन्न स्थानहरुबाट लागूऔषध गाँजा र प्रतिबन्धित कोडीवेल कफ सिरफसहित चार जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय हजरियाको प्रहरी टोलीले बरहथवा नगरपालिका–२, हजरिया बजार निवासी ६० वर्षीय जयलाल महतोलाई १ किलो ७०० ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो।

महतोको घर खानतलासी गर्दा कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ। महतोलाई ईलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

यसैगरी सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको बा.५४ प ७९९४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक मलंगवा नगरपालिका १२ गम्हरियाका ३२ वर्षीय राम बिनय रायको साथबाट प्रतिबन्धित १०० एमएलको १८६ बोतल कोडीवेल कफ सिरफको बोतल बरामद भएको प्रहरीको भनाइ छ। रायसँगै रहेको बिआर ३० एफ सि ५४९९ नम्बरको भारतीय मोटरसाइकलमा सवार मलंगवा नगरपालिका ११ गम्हरिया निवासी ३१ वर्षीय जुमराति बैठा र २५ वर्षीय भुनेश्वर साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपि माधवप्रसाद ढुंगेलले जानकारी गराएका छन्।

प्रकाशित: १६ वैशाख २०७९ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App