१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नग्न अवस्थामा भेटियो पुरुषको शव

मोरङको उर्लाबारीमा नग्न अवस्थामा एक जना पुरुषको सडेर दुर्गन्धित अवस्थामा शव फेला परेको छ।  

उर्लाबारी नगरपालिका–५ स्थित सञ्जीव तामाङको निर्माणाधीन घरको ढलमुनि शुक्रबार दिउँसो दुर्गन्धित शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त शव उर्लाबारी–७ का अन्दाजी ४० वर्षीय ज्ञाने दर्जीको भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार मृत भेटिएका दर्जी ५ दिनदेखि बेपत्ता थिए।  

नग्न अवस्थामा भेटिएको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पोष्टमार्टमका लागि लगिएको छ। ‘निर्माणाधीन घरको ढलमा नग्न अवस्थामा पुरुषलाई मृत फेला पारिएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘शव पोस्टमार्टमका लागि धरान पठाएका छौं। घटनाको अनुसन्धान सुरु गरिएको र पोस्टमार्टमको रिपोर्ट आएपछि थप कुरा खुल्ने छ।’

प्रकाशित: १६ वैशाख २०७९ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App