१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

वन्यजन्तुको अंगसहित एकजना पक्राउ

विराटनगरबाट अखेटोपहार (वन्यजन्तु अंग)सहित एक जना युवा पक्राउ परेका छन्।

मोरङ सुन्दहरैँचा नगरपालिका–४ का २४ वर्षीय धर्मबहादुर थापालाई वन्यजन्तुको अंगसहित पक्राउ गरेको डिभिजन वन कार्यालय मोरङले जनाएको छ। नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ बाट चित्तल प्रजातिको मृगको २ वटा सिङसहित टाउकाेको छाला भारतको जोगबनीतर्फ लिएर जाँदै गर्दा उनी पक्राउ परेका हुन्। 

डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत प्रमेश्वर पासवानले वन्यजन्तुको अंगसहित पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि प्रहरीले वन कार्यालयमा बुझाएको हो। प्रहरीले आइतबार साँझ सीमा क्षेत्रबाट चित्तल प्रजातिको मृगको सिङ र टाउकाेको छालासहित थापालाई पक्राउ गरिएको थियो। थापाका साथबाट बरामद भएको वस्तु परीक्षण गर्दा चित्तलको अंग पुष्टि भएको पासवानले बताए।  

थापाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही अघि बढाउन अनुसन्धान भइरहेको छ।

प्रकाशित: १५ वैशाख २०७९ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App