८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सर्लाहीमा काँग्रेस नेताको घरमा आगलागी

सर्लाही सदरमुकाम मलंगवामा रहेको एक घरमा आगलागी भएको छ। सदरमुकाम मलंगवा नगरपालिका १० मा रहेको नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आगलागी भएको हो।

नेपाली काँग्रेसका नेता मल्लिकको घरमा आगो लागेको सूचना पाएपछि प्रहरी परिचालित भएको थियो। नेपाल प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रण गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपि माधवप्रसाद ढुंगेलले जानकारी गराएका छन्।

आगलागीबाट नेता मल्लिकको घरमा ठूलो क्षति पुगेको छ। साथै घरमा भएको अन्नपात, लत्ताकपडा र गरगहना पनि जलेर नष्ट भएको छ। बिजुली सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: १३ वैशाख २०७९ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App