१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

देशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भू-गमा मौसम सामान्यतया सफा छ।

दिउँसो प्रदेश १ को पहाडी भूभागका  एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

राति प्रदेश १ र गण्डकी  प्रदेशका  एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको आँकलन गरिएकाे छ।

साेमबार पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन छ।

प्रकाशित: ११ वैशाख २०७९ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App