आजदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकाकाे धारामा पुनः वितरण सुरु गरिएको छ।
खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यकाकाे खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गरेका छन्।
२०७८ साल अषाढ १ गते र त्यसपछिको बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचना पुनर्निर्माणपछि पुन काठमाडौँ उपत्यकामा पानी वितरण सुरु गरिएको हो।मन्त्री चौधरीले गत चैत २९ गते आयोजनाको हेडवर्क्सबाट सुरुङतर्फ पानी पथान्तरण सुरुवात गरेका थिए।
त्यसपछि सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट शुद्ध गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका १० वटा रिजर्भवेर ट्याङ्कीमा पठाइएको थियो। अहिले घरघरमा पाइपमार्फत धारामा पानी पठाउन सुरु गरिएको हो।
प्रकाशित: ११ वैशाख २०७९ ०४:४८ आइतबार