१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

रौतहटमा मनाइयो पुस्तक दिवस

अन्तर्राष्ट्रिय पुस्तक दिवस रौतहटमा मनाइएको छ। लेखकहरुको एक समूहले रौतहटमा पुस्तक दिवस मनाएको हो।

रौतहटमा क्रियाशील बज्जिका साहित्य संगम गरुडाको आयोजनामा मनाइएको पुस्तक दिवसमा लेखकहरूले पुस्तक पठन संस्कृतिको विकास एउटा समस्या भएको बताएका छन्। हरेक लेखकले महिनाको कम्तीमा एउटा पुस्तक अध्ययन गर्नुपर्ने र अरुलाई पनि पुस्तक पढ्न प्रोत्साहित गर्नुपर्ने बताएका छन्।  

रौतहटका लेखकहरु सञ्जय साह मित्र, पृथ्वीनारायण महतो, किशुन दयाल श्रीकृष्ण, रेणु गुप्ता, नवसर्जक साहित्य चौतारी नेपालको मधेस प्रदेश संयोजक रुबिकुमारी गुप्ता, गायक रबिन्द्र पटेल, राजेन्द्र साह, अभिजीत रामलगायतकाले पुस्तक पढेर वास्तविक ज्ञान हासिल गर्न सर्वसाधारणमा पुस्तकको महत्व बताउनु पर्ने धारणा राखेका छन्।

प्रकाशित: १० वैशाख २०७९ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App