४ असार २०८३ बिहीबार
image/svg+xml
समाज

८० वर्षीया वृद्धा मृत अवस्थामा फेला

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ स्थित गुडरुङ खोलामा बिहीबार बिहान ८० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन्।

बुद्धभूमि नगरपालिका वडा नम्बर ४ भगिरामपुरकी रुपासेन ओली पौडी खेल्ने क्रममा ईमिलिया पुल किनारमा तैरिरहेको अवस्थामा मृत अवस्थमा फेला परेकी हुन्। छोरीको घरमा बस्दै आएकी उनी बुढ्ढी चोकबाट बिहान घरबाट निस्केकी थिइन्।

शव खोलाबाट बाहिर निकालेर पोस्टमर्टमका लागि कपिलवस्तु अस्पताल लगिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक रिपेन्द्रकुमार सिंहले बताए।

प्रकाशित: ४ असार २०८३ १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App