२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

दरबारमार्ग क्षेत्रका विभिन्न क्लब तथा डान्स बारबाट ८ जना किशोरीको उद्धार

एआई निर्मित सांकेतिक तस्बिर

काठमाडौंको दरबारमार्ग क्षेत्रका दुई वटा क्लब तथा डान्स बारबाट आठ जना किशोरीको उद्धार गरिएको छ।

माइती नेपालले मानव बेचबिखन अनुसन्धान ब्यूरोसँगको समन्वयमा आठ जना किशोरीको उद्धार गरेको हो। प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरू व्यावसायिक यौन शोषणको जोखिम वा शोषणको अवस्थामा रहेको आशंका गरिएको छ।

स्वास्थ्य परीक्षणका क्रममा दुई जनामा भेनेरियल डिजिज रिसर्च ल्याबोरेटरी पोजिटिभ देखिएको छ। हाल माइती नेपालले सबै किशोरीलाई सुरक्षित आश्रय, मनोसामाजिक परामर्श, स्वास्थ्य उपचार तथा कानुनी सहयोग उपलब्ध गराइरहेको जनाएको छ।

यी घटनाले धेरै प्रभावित किशोरीहरू कमजोर पारिवारिक सहयोगको सामना गरिरहेका, विद्यालय छोडेका, लत, तथा भावनात्मक र व्यवहारगत चुनौतीको सामना गरिरहेको देखाइको माइती नेपालले जनाएको छ।

माइती नेपालका अनुसार सामाजिक सञ्जाल र साथीभाइको प्रभावमार्फत जोखिमपूर्ण परिस्थितिमा आकर्षित हुने प्रवृत्ति पनि बढ्दै गएको देखिएको छ। त्यसैले उनीहरूको संरक्षणका लागि परिवार, विद्यालय, समुदाय र सम्बन्धित निकाय सबैको साझा सतर्कता र सहकार्य आवश्यक छ।

हरेक बालिकाको सुरक्षित बाल्यकाल, शिक्षा र सम्मानजनक भविष्यको हकका लागि एकजुट बन्न माइती नेपालले आह्वान गरेको छ।

प्रकाशित: १ श्रावण २०८३ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App