४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखामा नक्कली सुन देखाई ठगी गर्ने महिलासहित तीनजना पक्राउ

नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ। संखुवासभा चिचिला गाउँपालिका वडा नं १ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं ९ का ४४ वर्षीय जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका वडा नं १ का ४१ वर्षीय गान्दिपकुमार बस्नेत पक्राउ परेका डिएसपी लिलाराज लामिछानेले बताए।  

यस्तै गिरोहले आठ तोला ६५ लाल बराबरको सुनका गरगहना, एक थान मोबाईल र ३१ हजार नगद ठगी गरेको उजुरी प्रहरी कार्यालयमा परेको डिएसपी लामिछानेले बताए।

गोरखा नगरपालिका वडा नं ६ घ्याम्पेसालचोकबाट शंकास्पद अवस्थामा शुक्रवार उनीहरुलाई पक्राउ गरिएको थियो। सादा पोशाकमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनीहरुबाट पहेलो रंग लगाएको सुन जस्तो देखिने धातु भेटिएपछि प्रहरीले लामो समयदेखि खोजिरहेको गिरोह पहिचान गर्न सफल भएको हो।  

फलामको टुक्रामा सुनको जस्तो देखिने पहेलो रंग लगाई बाटोमा सुन फेला परेको जस्तो नाटक गरेर सिधा–साधा महिलाहरुलाई फकाई, छक्काएर उनीहरुसँग सुनका गरगहना तथा नगद रुपैयाँ ठगी गर्ने गरेको डिएसपी लामिछानेले बताए। ठगी गर्ने गिरोह मध्येका एक जनाले बाटोमा सुन जस्तो देखिने बस्तु फाल्ने, सोही समूहको अर्कोले देखेजस्तो गर्ने, बाटोमा हिँडिरहेका सर्वसाधारण महिलालाई सुन भेटियो बाडौँ भन्ने। सर्वसाधारण महिला सँग भएको सुन, गहना, पैसा लिने र सुन जस्तो देखिने बस्तु दिएर ठग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गोरखामा अहिले सम्म पाँच जना पीडितले ठगी कसूर मुद्दामा जाहेरी दरखास्त दिएका छन्।  

पक्राउ परेको तीन जनालाई आइतबार ठगी कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०७९ १४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App