नयाँं वर्ष २०७९ सँंगै साइकल चढ्ने प्रवृत्तिको विकास होस् भन्ने उद्देश्यका साथ भक्तपुरस्थित ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा शनिबार भक्तपुरमा साइकल यात्रा भएको छ। यात्रामा कुल प्राध्यपक र विद्यार्थी गरी कुल १३ जनाले सहभागिता जनाएका थिए। पाँंच जना विद्यार्थी (दुईजना छात्रा) र आठ जना प्राध्यापकहरुले यात्रामा सहभागिता जनाएका थिए।
यात्रा विहान साढे ६ बजे ख्वप कलेजको प्रांगन देकोचा भक्तपुरबाट सुरु भएको थियो। यात्रा कलेजबाट भक्तपुर नगर हुँदै टौमढी भएर सूर्यविनायक पुगेको थियो। सूर्यबिनायकबाट सिपाडोल, डोर्लाङ्, डोलेश्वर हुँदै सिपाडोलस्थित सिम्पानी रेस्टुरेन्टमा ब्रेकफास्ट लिएर यात्रा समापन भएको थियो।
समापनमा कलेजका प्रा.डा.पुरूषोत्तमलोचन श्रेष्ठ, वीएवीएडव्लू एवं एम अंग्रेजीका इन्चार्ज कमिनिका न्याईच्वाइलगायत सहभागी रहेका थिए। कार्यक्रममा प्राडा श्रेष्ठले आफ्नो लुकेको सांगितिक प्रतिभा प्रस्फुटन गरे। जीवनभर प्राध्यापनमा व्यस्त उनले माउथ अर्गानमा राजमति कुमतिको नेपाल भाषाको धुन बजाएर सहभागी सवैलाई मनोरञ्जन गराए।
यात्रामा सहभागी साइकल यात्रीहरूले हरेक महिना साइकल यात्राको आयोजना गर्नुपर्ने कुरामा जोड दिए। साइकल यात्रामा सबैले उत्साहका साथ सहभागी भएको अनुभव सुनाए।
प्रकाशित: ३ वैशाख २०७९ १२:५० शनिबार