१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

श्रीमती हत्या आरोपमा एक पक्राउ

५ दिन अवधिमा २ महिलाको हत्या

श्रीमानले चिर्पट प्रहार गर्दा ज्यान गुमाएकी नानुमाया दाहाल। तस्बिरः महेश्वर

उदयपुरका एक अधवैशे पुरुष आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन्। सोमबार विहान अन्दाजी ४ः०० बजे विहान चिर्पट (दाउरा) प्रहार गरेर श्रीमती वर्षीया नानुमाया दाहालको हत्या गरेको आरोपमा कटारी नगरपालिका ५ सिसाघारीका ४२ वर्षीय पोष्टराज दाहाल पक्राउ परेका हुन्।  

दाहालमाथि ३८ वर्षीया श्रीमतीलाई शौचालय गरिरहेको अवस्थामा चिर्पट प्रहार गरी हत्या गरेको आरोप छ। शौचालय गर्दैगर्दा श्रीमान्को चिर्पट प्रहारबाट घट्नास्थलमै उनको मृत्यु भएको भन्ने स्थानीयले दिएको खवरको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले विहान ६ः०० बजे उनलाई नियन्त्रणमा लिएको जनाइएको छ।  

विहान ५ः०० बजे स्थानीयबाट प्राप्त खवर अनुसार निरीक्षक कमाण्डमा खटेको टोलीले पक्राउ गरी दाहाललाई इप्रका कटारी ल्याए अनुसन्धान सुरु गरेको जनाएको छ। मृतकको शव कटारी अस्पतालमा ल्याएर पोष्टमार्टमको तयारी भईरहेको इप्रका कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

घट्नाबारे विस्तृत जनकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिले भर्खर अनुसन्धान सुरु भएको र पोष्टमार्टम रिपोर्ट आउन पनि बाँकी रहेकाले वास्तविकता खुल्न समय लाग्ने प्रहरी भनाई छ। हत्याको कारण खुल्न र वास्तविक्ता बाहिर ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ।  

यसैबीच घट्नाको सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही हुनुपर्ने नागरिक समाजले माग गरेको छ। कटारी र सदरमुकाम गाईघाटलगायत बिभिन्न ठाउँमा क्रियासिल अधिकारकर्मी, सचेत नागरिक र महिला संघसंगठनले आफ्नै श्रीमान्बाट हत्या गरिनु जघन्य अपराध भएको भन्दै महिलाहरु घरबाटै असुरक्षित हुनुपरेको अथ्र्याएका छन्।  

उनीहरुले घट्नाको घोर निन्दा र भत्सर्ना गर्दै घट्नाको निश्पक्ष छानविन गरी दोषीमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्ने मागमा जोड दिएका छन्। एउटी गृहिणीको सबभन्दा बढी रक्षक र विश्वासिलो व्यक्ति श्रीमान् नै हुनेमा उसैबाट हत्या हुनुले महिलाहरु चरम असुरक्षित हुन पुगेकोमा महिला संघसंगठनहरुले गम्भीर ध्यानाकर्षण गराएका छन्।  

५ दिनअघि मात्र उदयपुरकै बेलका नगरपालिका ३ की १६ वर्षीया छात्रा विद्यालय आउँदै गर्दा बाटैमा हत्या भएको थियो। उनको पनि आफ्नै विद्यालयकी सहपाठी साथीको सहयोगमा हत्या भएको घट्नामाथि छानविन चलिरहेकै बेला नानुमायाको हत्याले महिला वर्ग गम्भीर असुरक्षित हुन पुगेको निश्कर्ष नागरिक समाजले निकालेको छ।

प्रकाशित: २८ चैत्र २०७८ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App