७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सर्लाहीको मलङ्गवामा गोली चल्यो, एकको मृत्यु

सर्लाहीको सदरमुकाम मलङ्गवामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको ज्यान गएको छ।

मलङ्गवा नगरपालिका ९ नेत्रधाम आँखा अस्पताल नजिक अज्ञात समूहले चलाएको गोली लागेर भारत सितामढी बिसनपुर निवासी ३५ वर्षीय इन्दल महतोको ज्यान गएको छ।

केही बेरअघि २/३ जनाको समुहमा आएका अपरिचित हतियार धारीले महतोमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो। अपरिचित समूहले चलाएको गोली महतोको कोखा र हातमा लागेको प्रहरीले जनाएको छ।

गोली लागेर घटना स्थलमै ढलेका महतोलाई तत्काल प्रहरीले उद्धार गरि उपचारका लागि प्रादेशिक अस्पताल मलङगवा पुर्याएका थिए। गम्भिर घाइते महतोको उपचार कै क्रममा ज्यान गएको सर्लाहीका प्रहरी प्रमुख एसपी प्रबिन पोखरेलले बताएका छन्। घटनाको विषयमा गहनरुपमा अनुसन्धान भैइरहेको प्रहरी प्रमुख एसपी पोखरेलले बताए। 

घटनास्थल नेपाल भारत सिमाक्षेत्र नजिकै रहेको बुझिएको छ। अहिले सर्लाहीको बोर्डरमा नेपाली र भारतीय प्रहरीले दुबैतर्फ कडाइका साथ चेक जाँच गरिरहेको छ।

प्रकाशित: २३ चैत्र २०७८ १५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App