४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

फर्निचर उद्योगबाट अवैध काठ बरामद

रौतहटके एक फर्निचर उद्योगबाट अवैध काठ बरामद भएको छ। वनबाट अवैध रुपमा ल्याइएको साल र सिसौको काठ डिभिजन वन कार्यालयले बरामद गरेको हो।

रौतहटको चेतनगर वन पोस्टको छेउमा रहेको खौराहा गाउँको एक फर्निचर उद्योगबाट अवैध काठ बरामद भएको हो। डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरबाट अधिकृत राजेश साहको नेतृत्वमा गएको वन रक्षकसहितको टोलीले फर्निचर उद्योगबाट काठ बरामद गरी नियन्त्रणमा लिएको हो।

बरामद काठ करिब ४० क्युफिट रहेको र प्रचलित मूल्यमा करिब ५० हजार मूल्यको काठ भएको डिभिजन वन कार्यालयको दाबी छ। काठको विषयमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी गराएका छन्।

चुनावको समय नजिकिँदै जाँदा राष्ट्रिय तथा सामुदायिक वनमाथि भार बढ्दै गएको छ।

प्रकाशित: २२ चैत्र २०७८ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App