१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

यी तीन प्रदेशका पहाडी भूभागमा वर्षाकाे सम्भावना

हाल नेपालमा भारतको बिहार तथा  आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही मुलुकका अन्य भूभागमा मौसम सामान्यतया सफा छ।

दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। प्रदेश १ को पहाडी भूभागका थोरै स्थान र बागमती तथा गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति  प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बुधबार प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ का पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको आँकलन गरिएकाे छ।

प्रकाशित: २२ चैत्र २०७८ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App