१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाँकेको नरैनापुरमा आगलागी, १२ घर जले

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ स्थित कृष्णनगर गाउँमा आगलागी भएको छ। उक्त गाउँमा सोमबार दिउँसो आगलागी भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन रुपन ज्ञवालीले जानकारी दिए।  

आगलागीबाट १२ वटा घर र ४ वटा बाख्रा जलेको स्थानीय प्रहरीले जनाएको छ। करिव डेढ घण्टापछि आगो नियन्त्रणमा आएको थियो। आगोलाई नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्थानीयले नियन्त्रणमा लिएका थिए। गर्मीयामको समयमा नरैनापुरमा हरेक वर्ष आगलागी हुने गरेको छ।

प्रकाशित: २१ चैत्र २०७८ १४:२३ सोमबार