१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

विद्यार्थीमाझ रौतहट जिल्ला अदालतका न्यायाधीशरू

शनिबार दिउँसो रौतहट जिल्लाका न्यायाधीशहरु विद्यालयका विद्यार्थीमाझ कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेका छन्। रौतहटको गरुडा नगरपालिका ४ स्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुका बीचमा रौतहट जिल्ला अदालतका न्यायाधीशरूले समुदायमा अदालत कार्यक्रमअन्तर्गत न्यायमा बाह्य पहुँच न्याय सम्वाद लिएर पुग्दा विद्यार्थीहरु लाभान्वित भएका हुन्।

रौतहट जिल्ला अदालतका न्यायाधीशरू केशवकुमार पाण्डे, मणिराम न्यौपाने, चित्रबहादुर गुरुङ तथा श्यामबिहारी मौर्यसहितको टोलीले विद्यार्थीहरुलाई विभिन्न आधारभूत कानुन तथा न्यायालयमा न्याय सम्पादन प्रक्रियाबारे जानकारी गराएका छन्।

विद्यार्थीका बीचमा न्यायाधीशहरु नै उपस्थित भएर कानुन तथा न्यायालय, न्याय प्रक्रियाको विषयमा जानकारी गराउँदा विद्यार्थीहरु निकै लाभान्वित भएका छन्। भविष्यमा न्याय सेवामा प्रवेश गर्ने लक्ष्य लिएर कक्षा ११ मा कानुन मूल विषय लिएर अध्ययन गरिरहेका अभिजित रामले रौतहट जिल्ला अदालतका न्यायाधीशहरू तथा सरकारी कार्यालयका न्यायाधिवक्ताहरुबाटै कानुन र न्यायको विषयमा निकै महत्वपूर्ण जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले समुदायमा सरकारी वकिल अन्तर्क्रिया कार्यक्रममा साथमा न्यायाधिवक्त उदयचन्द्र अधिकारीले मुद्दाको अनुसन्धान प्रक्रिया र यसमा संलग्न सरकारी निकायको बारेमा प्रकाश पारेका छन्।

कार्यक्रममा रौतहट जिल्ला अदालत गौरका श्रेस्तादार सुशीलकुमार यादव, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि श्रीराम भन्डारी, मावि गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेल लगायतले मन्तव्य राख्दै अपराध भइसकेपछि न्यायालयले दिने न्यायको प्रक्रियासित सम्बन्धित विभिन्न पक्षमा प्रकाश पारेका छन्। कार्यक्रममा विद्यार्थीहरुले पनि न्यायाधीशहरुसित विभिन्न जिज्ञासामा सिधा सम्वाद गरेका थिए।

सधैं शिक्षकबाट कोर्षको विषयवस्तु र पाठ्यपुस्तक पढ्ने विद्यार्थीहरु न्यायाधीश र सरकारी वकिलबाट केही घन्टा फरक विषयवस्तुमा नयाँ कुरा जान्न पाएपछि विद्यार्थीहरु बढी प्रभावित भएका छन्।

प्रकाशित: १९ चैत्र २०७८ १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App