१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुनसरीका ४४ मतदानस्थल अति संवेदनशील

सुनसरीका ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको मतदानस्थलको वर्गीकरणअनुसार ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन्।

जिल्लाका कुल १६६ वटा मतदानस्थल मध्ये ४४ वटा मतदानस्थल अति संवेदनशील, ८० वटा संवेदनशील र बाँकी सामान्य रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवले जानकारी दिए।  

अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए। अति संवेदनशील मतदानस्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना खटिने उनले बताए। साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन्।  

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सुनसरीमा मतदानस्थलको अनुगमन सुरु गरेको प्रजिअ यादवले बताए। सुनसरीको कोसी, भोक्राहा नरसिंहलगायत दक्षिणी क्षेत्रको मतदानस्थलको अनुगमन गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिए। रासस

प्रकाशित: १८ चैत्र २०७८ १४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App