२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

बागलुङको निसीमा दुर्घटना हुँदा एमाले ढोरपाटन नगर अध्यक्षको मृत्यु

जिल्लाको निसीखोला गाउँपालिकामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका-२ खाडुमा पिकअप जिप दुर्घटना हुँदा ऋणतुवर्ण पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

साँझ पौने सात बजेको समयमा लु १ त ९४८० नम्बरको पिकअप जीप दुर्घटना हुँदा मृत्यु भएका पौडेल नेकपा एमाले ढोरपाटन नगर समिति अध्यक्ष भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले बताए।  

दुर्घटनामा सुरेशकुमार थापा गम्भीर घाइते भएका छन्। स्याङ्जाको नागरिकता भएका उनी तिलोत्तमा नगरपालिकामा बसाइँ सरेको पाइएको वन्तले बताए। ढोरपाटन नगरपालिका—१ पौडेलको बुर्तिबाङमा वियर तथा पेय पदार्थको डिलर छ। थापा डिलरको प्रतिनिधि रहेको बताइएको छ।

पिक अप जिप सजिलै ठाउँबाट सय मिटर तल खसेको र दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको वन्तले जानकारी दिए। गाडीमा दुई जना मात्रै रहेको र पेय पदार्थको मार्केटिङका लागि निसी पुगेको हुन सक्ने प्रहरीले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०७८ १४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App