२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नागार्जुन रानीपाटी महोत्सव हुने

रानीपाटी टोल सुधार उपभोक्ता समिति आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि. व्यवस्थापन काठमाडौँको नागार्जुन सीतापाइलामा प्रथम नागार्जुन रानीपाटी महोत्सव २०७८/७९ हुने भएको छ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिइएको हो। प्रथम नागार्जुन रानीपाटी महोत्सव २०७८/७९ संयोजक शेखर श्रेष्ठले महोत्सवमा एक सय भन्दा बढी स्टलहरु राखिने भएको बताएका छन्। स्टलको साइजअनुसार न्यून शूल्क लिएर स्थानीय व्यापारीहरुलाई समेत स्टल उपलब्ध गराइने उनले बताए।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, विभिन्न प्रकारका लत्ता कपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामाग्रीको प्रदर्शनी गरिने जनाइएको छ।

त्यसैगरी महोत्सवमा बिक्री हुने सामानहरुमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुने बताइएको छ। मनोरञ्जनको लागि महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, ब्रेक डान्स, नाउँ, सर्कस, बालबालिकाहरुको खेलौना, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको हांस्यव्यग्य तथा गीत-गायनको बेजोड प्रस्तुति रहने छ।

नयाँ २०७९ को पूर्व सन्ध्या अर्थात २०७८ चैत २८ गतेबाट सुरु हुने मेला २०७९ वैशाख १५ गते सम्पन्न हुने जनाइएको छ। महोत्सवमा ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट आसपास जिल्लाका बासिन्दाहरुलेसमेत लाभ लिन सक्ने विश्वास गरिएको छ। महोत्सवलाई व्यवस्थित बनाउन विद्यार्थीहरुलाई ५० रुपैयाँ र अन्यका लागि ७० रुपैयाँ प्रवेश शूल्कको व्यवस्था गरिएको छ। 

वृद्धवृद्धाहरुका लागि निःशूल्क प्रवेशको व्यवस्था गरिएको छ। सम्मेलनमा नार्गाजुन नगरपालिकाका मेयर भैरवबहादुर बस्नेतले महोत्सवले नागार्जुन नगरपालिकाको चिनारी बढ्नुका साथै स्थानीयहरुको उत्पादनमा थप बजार पाउने विश्वास व्यक्त गरे।

प्रकाशित: १४ चैत्र २०७८ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App