४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

बालिका अपहरण गरी फिरौती माग्ने तीनजना प्रहरीद्वारा सार्वजनिक

धनुषामा एक ४ वर्षीया बालिकालाई अपहरण गरी बालिकाको परिवारसँग पन्ध्र लाख फिरौती माग्ने गिरोहलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा जिल्लाको धनुषाधाम नगरपालिका–३ का २१ वर्षीय अरविन्द मुखिया, जनकपुरधाम उप–महानगपालिका–१ का २१ वर्षीय रविकुमार दास र कमला नगरपालिका–८ हाल जनकपुर उप–महानगरपालिका–१६ घरभाडा गरी बस्दै आएका २० वर्षीय अभिषेकचन्द्र दास रहेका छन्।

सुरुमा प्रहरीले घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिएको थियो। पछि अनुसन्धानको क्रममा चार जनाको अपहरणमा संलग्नता नदेखेपछि छाडेको र तीन जनामाथि अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भैइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए।

बिहीबार जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचौक स्तिथ आफ्नै घर अगाडी खेलिरहेको अवस्थामा कमला नगरपालिका–२ हाल जनकपुरधाम उपमहानगरपालिका–१६ बस्दै आएका धुव्रकुमार मण्डलकी ४ वर्षीया छोरी सृष्टि मण्डललाई उनीहरूले अपहरण गरी लगेका थिए। प्रहरीले खोजतलास गरी शुत्रबार धनुषाको विदेह नगरपालिका–८ बफैबाट बालिकालाई उद्धार गरी ल्याएको थियो।  

प्रहरीका अनुसार पक्राउ परेका मध्ये अभिषेकचन्द्र दास बालिकाको परिवारसँगै एउटै घरमा भाडा लिइ बस्दै आएका थिए। उनीहरुले पूर्व योजना अनुसार बालिका विद्यालयबाट आएर बिहीबार साँझ ७ बजे घर अगाडी खेलिरहेको अवस्थामा ललाइफकाइ मोटरसाइकलमा बसाएर लगेका थिए। त्यसको विहानैदेखि बालिकाको परिवारलाई फोन गरी फिरौतीको लागि पन्ध्र लाख रुपैयाँ मागेका थिए।

बालिकाको परिवारले प्रहरीलाई दिएको मोवाइल नम्बरलाई प्रविधिक विश्लेषणको अधारमा अभिषेकचन्द्र दासलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा अपहरित बालिका धनुषाको विदेह नगरपालिकामा हुनसक्ने खुलेको थियो।

प्रकाशित: १४ चैत्र २०७८ ०९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App