२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

ड्रोनबाट विराटनगरको सर्वेक्षण

डिजिटल नक्साङ्कन तथा घर नम्बरिङको सुरूवात कार्यक्रममा सहभागीहरू। तस्बिरः विनोद/नागरिक

विराटनगर महानगरपालिकाले नगर क्षेत्रका घरहरूको ड्रोनको माध्ययमबाट डिजिटल सर्वेक्षण गरी घर नम्बर राख्न सुरू गरेको छ। बिहीबार डिजिटल सर्वेक्षण तथा घरको नम्बर राख्ने कामको महानगरपालिकाका मेयर भीम पराजुलीले ड्रोन उडाएर सुरूवात गरे।  

घरको सर्वेक्षणको उद्घाटन गर्दै मेयर पराजुलीले डिजिटल माध्ययमबाट ड्रोनको सहायताले घर जग्गाको नक्सा र घरको नम्बरिङ गर्दा महानगरपालिका क्षेत्रभित्र कस्ता खालका घरहरू बनेको, नक्सा पास गरे नगरेकोसमेत पत्ता लगाउन सकिने  बताए।   सर्वे सम्पन्न भएपछि सबै खालका घर जग्गा करको दायरामा आउने भएकाले महानगरको आन्तरिक आय वृद्धिमा पनि सहयोग पुग्ने उनको भनाई छ। पराजुलीले भने, ‘घर जग्गा सर्वेक्षण पछि करको दायराबाहिरका घरहरूलाई पनि करको दायराभित्र ल्याउन सकिने भएकाले महानगरपालिकोको आन्तरिक आया वृद्धिमासमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।’  

डिजी निमार्ण इन्जिनियरिङ प्रालि विराटनगरले महानगरपालिका भित्रको घरहरूको प्रविधिको माध्यमबाट नम्बरिङ्ग गर्न सुरु गरेको इन्जिनियर विवेक सिंहले जानकारी दिए। उनका अनुसार डिजिटल नक्सा र घरको  डिजिटल नम्बर राख्न १७ लाख रुपैयाँमा लागत पर्ने अनुमान गरिएको छ। ‘आउँदो असार मसान्तसम्ममा काम सक्ने गरि हामीले काम सुरु गरेको भए पनि बैशाख भित्रै पहिलो चरणको काम सम्पन्न गर्ने योजना छ,’ सिंहले भने।  

उनका अनुसार हाल दुई वटा ड्रोन क्यामाराबाट सर्वेक्षणसहितको घरहरुको नम्बरिङ्ग सुरु गरिएको छ। ड्रोनबाट घरहरुको जिपिएस पनि संकलन गरिनेछ। जिपिएसमा आधारित आधुनिक घर नम्बरिङ्ग गरिने इन्जिनियर सिंहले बताए। डिजिटल नक्साङ्कन र घरको नम्बरिङपछि महानगरपालिकालाई बस्ती निमार्णदेखि विकासको काममा सहजता प्रदान हुने महानगरपालिकाले जनाएको छ।

प्रकाशित: १० चैत्र २०७८ १५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App