७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोले स्काभेटर पुरेपछि दाङ–सल्यान सडक खण्ड अवरुद्ध

सडक निर्माणको क्रममा पहिरोले स्काभेटर पुर्दा राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड अवरुद्ध बनेको छ।

मंगलबार बेलुकी करिब साढे सात बजेतिर सल्यानको कपुरकोट–३ चोरखोला नजिक खसेको सुख्खा पहिरोले बा२क ८०७७० नम्वरको स्काभेटर पुरेको थियो।  

पहिरोले स्काभेटर चालक हिमनाथ योगी सामान्य घाइते छन्। पहिरोसँगै खसेका ठूला ढुंगाले स्काभेटर च्यापिएको छ। जोखिमयुक्त स्थान भएकाले स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको सल्यान प्रहरीले जनाएको छ।

पहिरो झरेको स्थानमा अर्काे एउटा स्काभेटर भएपनि त्यसबाट सडकको अवरोध हटाउन नसकिने भएकाले दाङतर्फबाट अर्काे स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको बताइएको छ।

प्रकाशित: ९ चैत्र २०७८ ०५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App