२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डोजरले किच्दा हुलाकी सडक आयोजनाका सुपरभाइजरको मृत्यु

डोजरले किच्दा कपिलवस्तुकाे महाराजगंज नगरपालिका–२ गैडाहावमा हुलाकी सडक आयोजनाका सुपरभाइजरको मृत्यु भएको छ।

हुलाकी सडक पिच गर्ने क्रममा पिटिआर मेशिन (पिच दवाउने) ले किच्दा कपिलवस्तु नगरपालिका ४ पण्डित डिहवा ३५ वर्षीय बसन्त कुमार यादवको मृत्यु भएको हो। ग २ क ४३३९ नं को डोजरले रोड दवाउने क्रममा किच्दा उनी गम्भिर घाइते भएका थिए।

कपिलवस्तु अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए। सो सडक निर्माणको जिम्मा जिम्मा शर्मा एण्ड शर्मा कम्पनीले लिएको छ।

मृतकको शव कपिलबस्तु अस्पताल तौलिहवामा राखिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए। चालक र मेशिन प्रहरीको नियन्त्रणमा छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ चैत्र २०७८ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App