४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश १ मा करिब १८ हजार म्यादी प्रहरी

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनका लागि आइतबारदेखि प्रदेश १ मा म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको छ।  

म्यादी प्रहरीका लागि आवदेन खुला भएसँग निवदेन दिनेको भीड प्रदेश भरका जिल्ला प्रहरी कार्यालयमा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। ‘प्रदेश भर म्यादी प्रहरीका लागि दरखास्त दिनेको निकै भीड रहेको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले भने, ‘बेरोजगारको समस्याले गर्दा पनि होला आवदेन दिनेको संख्या धेरै भएको हो। केही दिन भए पनि काम गर्न पाइने र पैसो पनि कमाइ हुने भएकाले आवेदन दिनेको संख्या धेरै भएको हो।’  

बेरोजगार युवायुवतीले ४० दिन भए पनि रोजगारी पाउने आसामा तातो घाममा ४/५ घण्टा लाइन लागेर म्यादी प्रहरीका लागि आवेदन दिन थालेका छन्। आइतबारबाट सुरु गरिएको म्यादी प्रहरी भर्नाको दरखास्त चैत ११ गतेसम्म दिन पाइने छ। चैत १३ गतेदेखि छनौट प्रक्रिया सुरु हुने प्रहरीले जनाएको छ।  

प्रदेशको मोरङमा ३ हजार २७, झापामा २ हजार ७ सय ६४, सुनसरीमा २ हजार १ सय ४३, इलाममा १ हजार १ सय ९८, पाँचथरमा ९ सय १६, उदयपुरमा ९ सय ५८, ओखढुंगामा ५ सय ७९, ताप्लेजुङमा ६ सय ४७, तेह्रथुममा ३ सय ९९, भोजपुरमा ७ सय ४९, धनकुटामा ८ सय ६१, सोलुखुम्बुमा ७ सय ९९, संखुवासभामा ९ सय ४४ र खोटाङमा १ हजार १ सय ४७ गरी जम्मा १७ हजार ८ सय ३१ जना म्यादी प्रहरीमा भर्ना हुन पाउने छन्। म्यादी प्रहरीले ४० कार्य दिनको तलब ३० हजार २ सय ४०, राशन भत्ता ७ हजार २ सय र पोशाक भत्ता ६ हजार गरी ४३ हजार ४ सय ४० रुपैयाँ पाउने छन्।

प्रकाशित: ६ चैत्र २०७८ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App