४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झा भए ‘महामूर्ख’

महामूर्ख २०७८ को पदवी ग्रहण गर्दै मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा। तस्बिरः सुरेन्द्र यादव/नागरिक

मिथिला नाट्यकला परिषद्द्वारा जनकपुरधाममा आयोजित फागु महोत्सवको दोस्रो दिन शुक्रबार नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा महामूर्ख २०७८ घोषित भएका छन्।

मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा प्रत्येक वर्ष फागु महोत्सव तथा महामूर्ख समारोहबाट विशिष्ठ व्यक्तित्वलाई महामूर्खको उपाधि प्रदान गर्दै आएको छ। जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख समारोहमा डा. झालाई महामूर्खको पदवी प्रदान गरिएको हो।  

यस्तै, अन्य व्यक्तित्व पनि गच्छेअनुसारका उपाधिको हकदार बने। चिकित्सकबाट डा. एसके सिंह, प्रशासनिक निकायबाट जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वातावरण अभियन्ता देव नारायण मण्डल, युवाबाट राकेश विक्रम साह, पत्रकारबाट मनिका झा, महिला नेतृबाट प्रदेश सांसद मञ्जु यादव, जनकपुरधामका प्रकाशजंग राणा, प्रमोद चौधरीसहितका व्यक्तिलाई विभिन्न उपाधिबाट सम्मान गरिएको छ।

मिनापले फागु पर्वको पूर्वसन्ध्यामा प्रत्येक वर्ष द्विदिवसीय महोत्सव आयोजन गर्दै आएको छ। महोत्सवको पहिलो दिन बिहीबार फागु गीत प्रतियोगिता गरिएको थियो। महामूर्ख सम्मेलनमा हास्य कवि गोष्ठीको आयोजन गरिएको थियो। कार्यक्रमको श्रीगणेश मिनापका कलाकारहरूले व्यंग्य नाटिकाबाट गरिएको थियो।

प्रकाशित: ४ चैत्र २०७८ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App