१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सदरमुकाम बेनीबाट दुई बालिका बेपत्ता

सम्पर्कविहीन भएका दुई बालिकाहरु।

म्याग्दीको सदरमुकाम बेनीबजारबाट बुधबार साँझदेखि दुई बालिका बेपत्ता भएका छन्। कालिपुल बसपार्कमा परिवारसँगै बस्दै आएका भारतीय मुलका १५ वर्षीया प्रेयंंकाकुमारी शाह र १३ वर्षीया सुस्माकुमारी शाह सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

बुधबार साँझ घरबाट निस्किएका दुई बहिनी पोखरा हुँदै बिरंजतर्फ गएको सूचनाको आधारमा खोजीकार्य भइरहेको बेपत्ता बालिकाको दाइ सुनिलकुमार शाहले बताए। ‘घरमा सामान्य झगडा मात्रै भएको थियो। खोजीकार्यमा सघाइदिन अपिल गर्छु,’ शाहले भने। परिवारको निवेदनको आधारमा प्रहरीले खोजीकार्य गरेको छ।  

कालिपुलबाट पोखरासम्म पुगेको सूचना प्राप्त भएको छ भने त्यहाँबाट भारतर्फ जाने बताएको चालकको भनाइ उद्धृत गर्दै बेपत्ता बालिका दाइ शाहले बताए। निवेदनको आधारमा खोजीकार्य भइरहेपनि बिहीबार विहानसम्म अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ। भारतको मोतिहारी जिल्ला श्रीपुर घर भएका बालिकाहरु रक्सौल हुँदै जाने भएकाले त्यस क्षेत्रमा खोजीकार्य भइरहेको छ।

भारतमा अध्ययनरत बालिका दुई साता अगाडि मात्रै कालिपुलमा अवस्थित बालमन्दिर आधारभूत विद्यालयमा भर्ना भएका थिए। म्याग्दी प्रहरीले सीमा क्षेत्रमा रहेका प्रहरी चौकीमा समेत आवश्यक समन्वय गरिरहेको छ।

प्रकाशित: ३ चैत्र २०७८ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App