१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषध ओसारपसारको ट्रान्जिट बन्दै सर्लाही

सर्लाहीमा दैनिक जसो लागुऔषध पक्राउ परिरहेको देखिएको छ। कहिले सानो त कहिल ठूलो परिमाणमा सर्लाहीमा लागुऔषध पक्राउ परिरहेको छ।  

जिल्ला प्रहरी कार्यालय सर्लाही तथा सशस्त्र प्रहरी बल सर्लाहीले बुधबार मात्र छुटाछुटै स्थानबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ।  

सर्लाहीको मलंगवा नगरपालिका ५ भाँडसरबाट नेपाल प्रहरीले लागुऔषधसहित मानिसलाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतिर बा ५५ प ३८६२ नम्बरको मोटरसाइकलमा आउँदै गरेको सर्लाहीको बागमती नगरपालिका ४ प्रसाईँ टोलका २२ वर्षीय अभिषेक प्रसाईँलाई चेकजाँच गर्दा लागुऔषध बरामद भएको छ।

प्रसाईँले मोटरसाइकलमा पछाडि राखेको तेलको टिनालाई चेकजाँच गर्दा टिनाभित्र ९५ पिस केरोक्स फेला परेको छ। कोरेक्स र मोटरसाइकलसहित प्रसाईँलाई नियन्त्रणमा लिएर सर्लाही प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।

यसैबीच सशस्त्र प्रहरी बल सर्लाहीले विभिन्न दुई ठाउँबाट लागुऔषध बरामद गरेको छ। सशस्त्र प्रहरी बल गण नम्बर १० मातहतको बिओपी सखुहवाबाट गस्तीमा गएको सशस्त्र प्रहरीको टोलीले ब्रहमपुरी ५ क्षेत्रबाट साढे १४ किलो गाँजा बरामद गरेको छ। रहरघारीमा बोराभित्र लुकाई राखेको अवस्थामा साढे १४ किलो गाँजा बरामद गरी नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैगरी सर्लाहीकै बिओपी खुटौनाबाट भेडाहियातिर गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले १४८ पिस कोरेक्स बरामद गरेको छ। एक जना पुरुषले टोउकामा बोकी ल्याउँदै गरेको बोरा सशस्त्र प्रहरीलाई देखेर फ्याकेर भागेको थियो। सशस्त्र प्रहरी बलको गस्तीमा रहेको टोलीले बोरालाई खोलेर हेर्दा १४८ पिस कोरेक्स बरामद भएको र आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ।  

सर्लाहीमा लगातार लागुऔषध बरामद हुन थालेपछि लागुऔषधको कारोबार गर्ने केन्द्रको रुपमा सर्लाहीको परिचय बढ्न थालेको पाइएको छ। सर्लाहीमा बरामद हुने लागुऔषध भारततिरबाटै आएको पाइएको छ।

प्रकाशित: २६ फाल्गुन २०७८ १४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App