५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

जनकपुरधाम गोलीकाण्डः एक आरोपित पक्राउ

गोली प्रहारबाट घाइते मुकेश मुखिया र आरोपित रुपेश यादव।

जनकपुरधाम उपमहानगरपालिका १९ शिवपुरस्थित मामाको घरमा बस्दै आएका कमला नगरपालिका ८ निवासी १८ वर्षीय मुकेश मुखियालाई गोली प्रहार गर्ने आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने जनकपुरधाम १९ का रुपेश यादव छन्।  

यादवलाई धनौजी गाउँपालिका ४ स्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। पक्राउ परेका आरोपितले प्रहरीसंगको बयानमा आरोप स्वीकार गरेको डिएसपी बस्नेतले बताए। यादवमाथि ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।  

शनिबार राति आफ्नो मामाको किराना पसल अगाडि बसिरहेका मुखियामाथि पेस्तोलले गोली प्रहार गरिएको थियो। गोली घाँटीमा गएर अड्किएपछि उनलाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित: २३ फाल्गुन २०७८ १४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App