१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

तनहुँको दमौलीमा भीषण आगलागी (तस्बिरसहित)

हेलिकप्टरबाट पानी खन्याएर निभाउने प्रयास

तनहुँको दमौलीमा लागेको आगो । तस्बिरः नागरिक

तनहुँको सदरमुकाम दमौलीमा भीषण आगलागी भएको छ। अहिले आगो नियन्त्रणको प्रयास जारी छ। आगो निभाउन हम्मेहम्मे भएको प्रहरीले बताएको छ।  

तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले स्थानीय हार्डवेयरबाट आगलागी सुरु भएको बताए। उनका अनुसार आगो निभाउन अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि सहज भएको छैन।  

‘हार्डवेयरबाट आगलागी सुरु भएको हो तर, कसको पसलबाट सुरु भएको भन्ने यकिन छैन। हेलिकप्टरबाट पानी खन्याएर आगो निभाउने प्रयास गरेपनि नसकिएको उनले बताए। ‘धुँवाले सबैतिर ढाकेको छ। आगो निभाउन सकस छ,’ उनले भने।  आगलागीबाट जोगाउन आसपासका घरका सामान पनि निकालिएको छ। अहिले सेना, प्रहरी सहित स्थानीयबासि आगलागी नियन्त्रणका लागि खटिएका छन्। 

प्रकाशित: २२ फाल्गुन २०७८ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App