२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

पाँच महिने बालकको मृत्युपछि कोसी अस्पतालमा तनाव

पाँच महिने बालकको उपचारका क्रममा मृत्यु भएपछि शुक्रबार विराटनगरस्थित कोसी अस्पतालको आकश्मिक कक्ष तनावग्रस्त बनेको थियो।

विराटनगर महानगरपालिका–६ ब्रह्मपुराका सुनील चौधरीको ५ महिने छोराको शुक्रबार बिहान १० बजेतिर उपचारका क्रममा मृत्यु भएपछि दिनभर अस्पताल तनावग्रस्त बनेको थियो। बालकको मृत्यु भएपछि उनका परिवारका सदस्यले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै शव नउठाइ विरोध प्रदर्शन गरेका थिए। डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रेका बालिका परिवार र आफन्तले अस्पतालमा सामान्य तोडफोड गर्न थालेपछि अस्पतालले सुरक्षाका लागि धेरैको संख्या प्रहरी तैनाथी गरेको थियो।

बालकका परिवारका सदस्यले भने सामान्य खोकी र नाक बन्द भएपछि उपचारका लागि ल्याइएको थियो। चिकित्सकले उपचार थालेसँगै उनको मृत्यु भएको र त्यस समयमा चिकित्सकले लापरबाही गरेकाले बालकको मृत्यु भएको आरोप लगाएका छन्। लापरबाही गर्ने चिकित्सकलाई कारबाही र मृत्युको ठोस कारण बताउनु पर्ने भनेर विरोध प्रदर्शन गरेका थिए।

शव आकश्मिक कक्षको मुख्य गेटमा राखेर विरोध प्रदर्शन गरेका मृतकका आफन्त, अस्पताल प्रशासन र स्थानीय जनप्रतिनिधिबीच तीन बुँदे सहमति भएपछि शव आफन्तले बुझेर लगेका थिए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर यज्ञराज खरेल, विराटनगर–६ का वडाध्यक्ष विजय कामत, प्रशासन र मृतकका आफन्तबीच बालकको मृत्यु भएको घटनाको अस्पतालले आन्तरिक रुपमा छानबिन गर्ने र छानबिन प्रतिवेदन एक हप्ताभित्र सार्वजानिक गर्ने, छानबिनका क्रममा लापरबाहीका कारण देखिए उपचारमा संलग्न चिकित्सकलाई कारबाही गरिने, स्वास्थ्यकर्मीहरुको बोल्ने आचरण बिरामी मैत्री हुनुपर्ने प्रतिवद्धता अस्पतालले जनाएपछि सहमति भएको अस्पतालका मेसु खरेलले बताए।

आकश्मिक कक्षको विभागीय प्रमुख डाक्टर पूजा कोइरालाले बच्चामा कडा निमोनिए भएको र अस्पतालमा अन्तिम अवस्था भएपछि बिरामी ल्याएको बताइन्। ‘निमोनियाका कारण स्वासप्रश्वासमा समस्या भएको र त्यस समयमा आमाले बच्चालाई दूध खुवाउँदा सर्किएकाले समस्या भएको रहेछ,’ कोइरालाले भनिन्, ‘अस्पताल ल्याउँदा बच्चाको अवस्था धेरै बिग्रिसकेको र बच्चालाई चिकित्सकहरुले बचाउने कोसिस गर्दागर्दै बचाउन नसकिएको हो।’

प्रकाशित: २० फाल्गुन २०७८ १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App