२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नो एमसीसी लेखेको शंकास्पद वस्तु फेला

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ३ कौशलटार कमलधारामा मंगलबार नो एमसीसी लेखेको शंकास्पद वस्तु फेला परेको छ।

कौशलटार कमलधारामा रहेको मिलिजुली हार्डवयेरको दक्षिणपट्टीको सटर अगाडिको पेटीमा स्टिलको भाडोभित्र निलो प्लाष्टिकले कभर गरी बाहिर कालो र रातो तार निकाली उक्त भाडोलाई कालो टेपले कभर गरेको शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

पछि प्रहरीद्धारा उक्त स्थानलाई कर्डन गरी नेपाली सेनाको बम डिस्पोजल टोली आई डस्पोज गरेको थियो। उक्त भाडोभित्र दुई मिटरको विजुलीको तार, ईट्टाको धुलो, माटो र नो एमसीसी लेखेको कागज फेला परेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: १७ फाल्गुन २०७८ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App