१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

देशका अधिकांश स्थानमा मौसम सफा रहने

आज मंगलबार देशभर माैसम अनुकूल रहने आँकलन गरिएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणाली नरहेकाले ठूलाे वर्षाकाे सम्भावना छैन।

दिउँसाे पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना भने रहेकाे छ। राति गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: १७ फाल्गुन २०७८ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App