९ असार २०८१ आइतबार
image/svg+xml
समाज

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव

मिलेनियम च्यालेन्ज  कर्पाेरेसन (एमसीसी)सँगकाे अनुदान सम्झाैता संसदबाट अनुमदन भएपछि त्यसको विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रूपमा परेको छ।

विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन्। बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरूमा सार्वजनिक सवारीका साधन चलेका छैनन्। फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन् । सहरका भित्री भागहरूमा भने अधिकांश पसलहरू खलेका छन्।

लुम्बिनी प्रदेशका मुख्य मुख्य सहरहरू रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही, बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ। बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसलहरू साथै सहरका मुख्य बजारहरू धेरैजसो बन्द रहे पनि आंशिक रुपमा खुलेका छन्। विद्यालयहरूले भने सोमबार बिहानै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए।

लामो तथा छोटो दूरीका सवारी साधनहरू चल्न नसक्दा यात्रुहरू गन्तव्यमा पुग्न पाएका छैनन्। बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ। बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक ज्ञानु पाण्डेले जानकारी दिए। 

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले  सददनबाट अनुमोदन गरिएकाे एमसीसी खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन्। 

प्रकाशित: १६ फाल्गुन २०७८ ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App