४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

कर्मचारीहरूको चुनावमा धमाधम उम्मेदवारी घोषणा

यही फागुन २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल निजामती कर्मचारी युनियनको ८औ महाविधेशनमा नयाँ नेतृत्वको लागि धमाधम उम्मेदवारीको घोषणा भइरहेको छ। युनियनको नयाँ नेतृत्वकोलागि दुई वटा समूहले प्रतिष्पर्धा गर्ने भएको छ।

एउटा समूहको नेतृत्व युनियनका वर्तमान अध्यक्ष गोपल पाखेरेल र अर्को समूहको नेतृत्व सुरेन्द्र अधिकारीले गर्ने भएका छन्। पोखरेल समूहबाट वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, उपाध्यक्षमा यज्ञ ओली, महासचिवमा दुर्गा फूयाल, उपमहासचिवमा इन्दु शर्मा र गणेश भण्डारी तथा लुम्बिनी प्रदेश अध्यक्षमा मदन गौतमले उम्मेदवारी दिने सम्भावना छ। ‘देशभरबाट साथीहरूले अध्यक्षमा दोहरिनु सुझाव दिइरहनु भएको छ’पोखेलले भने,‘म साथीहरूको भावनाबाट बाहिर जान सक्दिन।’  

शर्माले भने उपमहासचिवमा उम्मेदवारी घोषणा गरीसकेका छन्। ‘संघीय निजामती सेवा ऐन चाडो भन्दा चाँडो ल्याउनकोलागि दबाव दिन, निजामती सेवा ऐन सच्च्याउन, तथा आधिकारिक ट्रेड युनियनको चुनावमा युनियनको उपस्थितिलाई बलियो बनाउन मेरो उम्मेदवारी हुनेछ’ शर्माले भने,‘उपमहासचिवमा विजय भए भने मैले नायब सुब्बाहरूको मुद्दा सम्बोधन गर्न प्रयास गर्ने छु।’

यसैगरी सुरेन्द्र अधिकारी समुहबाट वरिष्ठ उपाध्यक्षमा सुवास कोइराला तथा महासचिवमा जनक राउलले उम्मेदवारी दिने सम्भावना छ। केन्द्रीय सदस्य पदमा हरिशचन्द्र तिवारीले उम्मेदवारी घोषणा गरेका छन्। युनियनको संस्थागत विकास र निजामती कर्मचारीहरूको हक हितकोलागि आफूले उम्मेदवारी दिएको उनले बताए।

वर्तमान केन्द्रीय सदस्य हिमालय पोखरेल र कुलप्रसाद भट्टराइले पनि युनियनको पदाधिकारीमा उम्मेदवारी दिने भएका छन्। यसैगरी बागमती प्रदेश सचिवमा दधिराम भट्टराइले उम्मेदवारी दिने भएका छन्। अमृता कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

दुबै पक्षले  केही दिनमै काठमाडौँमा कार्यक्रम गरी औपचारिक रूपमा उम्मेदलवारी दिने तयारी गरेको छ। आफ्नो समूहलाई विजय गराउन दुबै समूहका सम्भावित उम्मेदवारहरू अहिले जिल्ला दौडाहामा व्यस्त छन्। युनियनको सातौ महाधिवेशनमा २०७४ चैतमा चिवनमा गरिएको थियो।

विधान अनुसार प्रत्येक ३/३ वर्षमा महाधिवेशन गर्नुपर्ने र विशेष परिस्थिति  आएमा एक वर्ष म्याद थप गर्न सकिने व्यवस्था छ। विधानमा भएको उक्त व्यवस्था अनुसार ८औ महाधिवेशन गर्न कोरनाको महामारीको कारण एक वर्ष म्याद थप गरिएको युनियनका नेताहरूले जनाएका छन्।  

प्रकाशित: १४ फाल्गुन २०७८ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App