१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

साइकलसहित काठ बरामद

रौतहट प्रहरीले काठसहित सातवटा साइकल बरामद गरेको छ। अवैधरुपमा साइकलमा काठ बोकेर गइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीको टोलीले काठ र साइकल बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट गस्तीमा रहेको प्रहरी टोली चन्द्रपुर नगरपालिका ५ चाँदीखोला नजिक पुग्दा साइकलमा काठ बोकेर आइरहेको मानिसहरु साइकल र काठ छाडेर भागेका थिए। प्रहरीलाई देख्नासाथ फरार भएका काठ तस्करको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपि लिलाराज लामिछानेले बताएका छन्।

बरामद भएको काठ र साइकललाई आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय चन्द्रपुरमा पठाइएको छ। बरामद भएको काठमा फली र कडी रहेको छ।

विभिन्न समिलको मिलोमतोमा जंगलबाट काठ तस्करी भइरहेको छ। चुनावको मिति घोषणा भएपछि काठ तस्करहरु जिल्लामा सक्रिय भएको देखिएको छ।

प्रकाशित: १३ फाल्गुन २०७८ १५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App