लागुऔषधसहित प्रहरीले २ जनालाई मोरङको जहदा गाउँपालिका–४ बाट पक्राउ गरेको छ। विराटनगर–रंगेली सडक खण्डअन्तर्गत जहदा–४ मा रहेको एउटा कटेरोबाट २ जना पक्राउ परेका हुन्।
मोरङ विराटनगर महानगरपालिका–५ का ३५ वर्षीय मनोहर वस्ती र सुनसरी देवानगञ्ज गाउँपालिका–१ का २३ वर्षीय जयकृष्ण मेहतालाई लागुऔषधसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए।
ग १ प ९७०५ र प्रदेश १ ०२–०४७ प १३१६ नम्बरको मोटरसाइकलसहित नाइट्रोभेट ३ सय ९० चक्की, स्पास्मोप्रोक्सिभन १ सय २१ चक्की, कोडिन फोस्फेड ३८ बोतल र डाइलेक्स डिसी ३० बोतल लागुऔषध उनहरुको साथबाट बरामद गरेको हो। पक्राउ परेका दुवै जनालाई लागुऔषध कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
प्रकाशित: १२ फाल्गुन २०७८ ०९:१४ बिहीबार