१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पोखरीमा डुबेर एक महिलाको मृत्यु

उदयपुरकी एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ। मंगलबार दिउँसो त्रियुगा नगरपालिका ६ जलजलेस्थित रानीपोखरीम डुबेर सोही ठाउँकी ५६ वर्षीया नाक्शीमाया परियारको मृत्यु भएको हो।

प्रहरीका अनुसार मंगलबार मध्यान्ह १२ः०० बजेजस्तो समयमा नुहाउने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको हो। घटनाबारे यथार्थ विवरण बाहिर आइसकेको छैन। इलाका प्रहरी कार्यालय जलजलेदेखि ५ सय मिटर दूरीमा रहेको पोखरीमा महिलाको डुबेर कसरी मृत्यु भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसबारे इप्रका जलजले र जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुसन्धान टोली गठन गरेर सत्यतथ्य पत्ता लगाउन अनुसन्धान सुरु गर्न थालेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। 

प्रकाशित: ११ फाल्गुन २०७८ ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App