१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

भारतीय नागरिक हत्या आरोपमा कटारीका युवक पक्राउ

हत्या आरोपमा पक्राउ बिक। तस्बिर: महेश्वर/नागरिक

३ दिनअघि उदयपुरको जंगलमा मृत भेटिएका भारतीय नागरिकको.हत्यामा संलग्न भएको आरोपमा कटारीका एक पुरुष पक्राउ परेका छन्। कटारी नगरपालिका ८ स्थित श्रृष्टि सामुदायिक वन उपभोक्ता समूहको जंगलमा गएको ७ गते मृत भेटिएका भारतीय नागरिकको हत्या आरोपमा कटारीका २८ वर्षीय कमल थापा भन्ने कमल विक पक्राउ परिेका हुन्।  

प्रदेश प्रहरी काार्यलय बिराटनगरका प्रवक्ता एसपी नवीनराज राईले २ दिनअघि कटारीको जंगलमा सडेको अवस्थामा बेवारिसे लास फेला परेको थियो। उक्त शव भारतको राजस्थान बस्ने ५० वर्षीय रामकिसन मिणाको भएको पुष्टि भएसँगै अपराधीको खोजी गर्ने क्रममा विक पक्राउ परेको उनले बताए। मिणाको माघ २५ गते डोरीले घाँटी कसेर हत्या गरेको पक्राउपछि बिकले दिएको बयढानमा स्वीकोको प्रहरी भनाई छ।  

मोरङ कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाबीचको डास खोलामा निर्माणाधीन पुलको ठेकेदार रहेका बिकले पुलमा पायलिङ मेशिनको काम गर्ने भारतीय नागरिक मिणाको हत्या गरेको ठहर प्रहरीले गरकेो छ। गत माघ २६ गतेदेखि सम्पर्कबिहीन भएका मिणाको खोजी गरीपाउँ भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय पथरीमा हुलीयासहित निवेदन दिए अनुसार खोजतलास गर्दा फागुन ९ गते पथरी ८ बाट बिक पक्राउ परेका हुन्।  

हत्या आशंकामा पक्राउ उनीमाथि सोधपुछ गर्ने क्रममा बिकले अपराध स्वीकारिसकेको बताइएको छ। लेनदेनको विषयमा उनीहरुबचि बादबिबाद हुँदा आवेशमा आएका बिकले विद्युतीय तार (केबल) ले घाँटीमा बाँधेर मिणाको हत्या गरी जंगलमा फालेको बिकले स्वीकारेका छन्।  

इलाका प्रहरी कार्यालय पथरीलाई उद्धृत गर्दै प्रदेश प्रहरीले जनाए अनुसार ठेकेदार बिक र मृतक मिणाबीच पुलको पिलरको जग खन्ने मेसिन ल्याई काम गर्ने सम्झौता भएको थियो। सम्झौता अनुसार डेढ महिनादेखि काम गर्दै आएका मिणालाई लिएर बिकले माघ २३ गते बीरगञ्जस्थित अर्को साईट हेर्न गएको खुलेको छ। मृतकले प्रयोग गर्दै आएको बिआर ०१ बिसी ५६९७ (द्यच्(ण्ज्ञ(द्यऋ(छटढठ० नम्बरको जीपमा वीरगञ्ज गएका उनीहरु माघ २५ गते फर्कने क्रममा कटारीस्थित बिकको घरतर्फ गएको खुलेको छ।  

बिकको घर जाँदै गर्दा बाटोमा लेनदेनसम्बन्धी बिबाद हुँदा मादक पदार्थ  सेवन गरेका बिकले मिणाको घाँटीमा तारले कसेर हत्या गरेको प्रहरी बयानले पुष्टि गरेको छ। हत्यापछि सोही गाडीको डिकीमा राखेर कटारीभन्दा ३० किलोमिटर माथि श्रृष्टि जंगलमा फालिदिएको प्रहरीले जनाएको छ। शव जंगलमा फालेर मोरङतर्फ फर्केका बिकले मृतकको मोवाईल कोसी व्यारेजस्थित नदीमा फालेको बयान दिएका छन्।  

जीप भने बिकले भारतीय बजार भिमनगर लगेर बेवारीसे अवस्थामा छोडी फर्केको खुलेको छ। र्सँगै वीरगञ्ज गए पनि फर्कदा एक्लै आएका बिकलाई मिणाबारे सोधपुछ गर्दा सामान लिन भारत गएको जवाफ दिदै आए पनि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। यसैबीच मिणा सम्पर्कमा नआएको भन्दै उको परिवारले खोजतलासका लागि इप्रका पथरीलाई गुहार्दा मात्र हत्याको रहस्य बाहिरिएको हो।

मिणा सम्पर्कंबिहीन भएको भन्ने खुलेसँगै फागुन ७ गते कटारीमा फेला परेको बेवारिसे शवबारे बिकमाथि घुमेको शंकाको सुई पहिल्याउँदै लाँदा प्रहरी उनलाई पक्राउ गर्न सफल भएको हो। इलाका प्रहरी कार्यालय कटारीसँगको समन्वयमा ३ दिनअघि जंगलमा फेला परेको बेवारिसे शवको फोटो झिकाई आफन्तलाई देखाउँदा मृतक मिणा नै भएको ठहरिए ठहरिएका हुन््। शव मिणाको नै भएको प्रमाणित भएपछि बिकलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इप्रका कटारी पठाइएको एसपी राईले बताएका छन्।

प्रकाशित: १० फाल्गुन २०७८ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App