७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

टेम्पोबाट लाखौँको अवैध कपडा बरामद

सशस्त्र प्रहरीले टेम्पोबाट लाखौँको कपडा बरामद गरी भन्सार बुझाएको छ। रौतहटको गढीमाई नगरपालिका ८ मलाहीटोलबाट सशस्त्र प्रहरीले अबैध कपडा बरामद गरेको हो।

भारतबाट भन्सार छलेर प्रदेश नम्बर २ –०३००१–ह ६१४ नम्बरको टेम्पोमा ल्याइरहेको अवस्थामा लाखौँको कपडा सशस्त्र प्रहरीले बरामद गरी भन्सार बुझाएको छ। सशस्त्र प्रहरीको नम्बर २ बाहिनी र नम्बर ११ गण रौतहटको स्क्वायर टोलीले ७ लाख ६ हजार पाँच सय रुपैया बराबरको विभिन्न लत्ता कपडा बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार बुझाएको छ।  

कोरोनाको महामारीको समयमा रौतहटमा पनि तस्करी फस्टाएको गुनासो बढिरहेको समयमा सशस्त्र प्रहरीले गौर भन्सारदेखि करिब पच्चीस किलोमिटर भित्रबाट भन्सार छलीको कपडा बरामद गरेको हो।

प्रकाशित: ९ फाल्गुन २०७८ १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App